८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

मध्य भोटेकोसी जलविद्युत कम्पनीले पायो आईपीओ निष्कासनको अनुमति, १५० करोडको आउने  



मध्य भोटेकासी जलविद्युत कम्पनी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।

यो रकम जारी पुँजीको २५ प्रतिशत हो । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । यसमध्ये स्थानीय बासिन्दाको लागि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता र सर्वसाधारणले ९० करोड रुपैयाँको ९० लाख कित्ता सेयर पाउने भएका छन ।

केयर रेटिङ नेपाल लिमिटेडले कम्पनीको आईपीओलाई ‘ग्रेड ४ प्लस’ रेटिङ दिएको छ । मध्य भोटेकोसीले नागरिक लगानी कोषसँग प्रत्याभूति (अण्डरराइटिङ) सम्झौतासमेत गरिसकेको छ ।

कम्पनीले यसअघि २ चरण गरी ऋण लगानीकर्ता कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका, सञ्चय कोषका कर्मचारी, संस्थापक सेयरधनी संस्थाका कर्मचारीलाई सेयर बिक्री खुला गरेको थियो । सेयर बाँडफाँट समेत भइसकेको छ ।

कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि १ लाख १७ हजार कित्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरुको  लागि २१ लाख कित्ता र सञ्चय कोषका कर्मचारीका लागि ६ लाख कित्ता निष्कासन गरिएको छ ।

कम्पनीले सिन्धुपाल्चोकमा १०२ मेगावाटको मध्यभोटेकोशी आयोजना निर्माण गरिरहेको छ । कम्पनीको चुक्ता पुँजी करिब ६ अर्ब  रुपैयाँ छ । कम्पनीमा सर्वसाधारण र संस्थापकको सेयर हिस्सा ५१ः४९ रहने गरी लगानी संरचना तयार पारिएको छ


प्रतिक्रिया दिनुहोस !