spot_img
Tuesday, May 18, 2021
spot_img
spot_img

ट्रेन्डिङ :

जयसूर्या, अफरिदी र कोहलीलाई पछार्दै अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल भूर्तेलको नयाँ रेकर्ड

spot_img
spot_img
spot_img
spot_img

काठमाडौं । नेपाली क्रिकेटर कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रियमा लगातार तेस्रो अर्धशतकको कीर्तिमान बनाएका छन् । काठमाडौंमा भइरहेको त्रिकोणात्मक टी–२० सिरिजमा नेपालको तेस्रो खेलमा नेदरल्याण्ड्सविरुद्ध ६२ रन बनाएका हुन् । यद्यपि नेपाल ३ विकेटले पराजित भयो । उनले टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध ६२ रन बनाएका थिए । दोस्रो खेलमा मलेसियाविरुद्ध अविजित ६१ रन जोडेका थिए ।

टी–२० अन्तर्राष्ट्रियमा डेब्युसहित लगातार तीन खेलमा अर्धशतक प्रहार गर्ने उनी विश्वकै पहिलो खेलाडी बनेका हुन् । विश्व टी–२० अन्तर्राष्ट्रियमा न्युजिल्याण्डका ब्रेण्डन म्याकुलम र वेष्ट इन्डिजका क्रिस गेलले लगातार चार–चार अर्धशतक प्रहार गरेका छन् । यो दुबै डेब्युमा थिएन । लगातार तीन अर्धशतक प्रहार गर्ने खेलाडीहरुको सूचीमा सनथ जयसूर्या, साहिद अफ्रिदी, मार्टिन गुप्टिल, विराट कोहली जस्ता क्रिकेटर छन् । पछिल्लो पटक एडिन माक्रमले लगातार तीन अर्धशतक बनाएका थिए । यो सूचीमा कुशल पनि थपिए ।

नेपालले २०६ रन बनाएर पनि त्यसलाई रक्षा गर्न सकेन । अघिल्लो दुई खेलमा लक्ष्य पछ्याएको नेपालको ओपनिङ जोडीले शतकीय साझेदारी गरेको थिए । अर्का ओपनर आसिफ शेख खाता नखोली आउट भए । नेपालले बिहीबार मलेसियासँग खेल्नेछ । त्यसअघि बुधबार मलेसिया र नेदरल्याण्ड्सबीच खेल हुनेछ । यो खेलमा मलेसिया पराजित भए नेपाल अन्तिम खेलअघि नै फाइनल पुग्नेछ । समीकरण जे भएपनि जितकै लागि खेल्ने कुशलले बताए ।

spot_img
spot_img
spot_img

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

उपत्यकामा थपिए २,६३५ जना संक्रमित

spot_img
spot_img

हेर्न छुटाउनु भएको हो कि?

spot_img
%d bloggers like this: