११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

असार मसान्तसम्म ३ लाखमा कोरोना संक्रमण हुनसक्ने सरकारको प्रक्षेपण



काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार मसान्तसम्म थप ३ लाख व्यक्तिमा कोरोना संक्रमण हुनसक्ने प्रक्षेपण गरेको छ । मन्त्रालयले मंगलबार भर्चुअल पत्रकार सम्मेलनमा आगामी तीन महिना भित्र ३ लाख नयाँ संक्रमित थपिन सक्ने प्रक्षेपण गरेको हो । स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले अबको ९ हप्ताको बीचमा संक्रमण दर निकै उकालो लाग्ने र कठिन समय आउनसक्ने बताएका थिए । असारसम्म १५ हजार व्यक्तिमा जटिल स्वास्थ्य समस्या देखिने सक्ने भन्दै उहाँले लापरवाही बढ्दै गए असारको पहिलो साता भित्रै दैनिक ११ हजार संक्रमित थपिन सक्ने बताए । संक्रमितको संख्या बढेसँगै तत्काल १० हजार आइसोलेसन बेड बनाउनुपर्ने र आइसोलेसन सेन्टरका लागि प्रदेश सरकारलाई समेत निर्देशन दिइएको पनि मन्त्रालयले जनाएको छ । हाल २ हजार संक्रमितलाई उपचार गर्न सकिने रेमडिसिभर औषधि र ४ लाख पीसीआर किट मौज्दात रहेको पनि मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !