१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

महानगरपालिकाले करार सेवाका १३८ जनालाई गुपचुप रुपमा स्थायी बनाउने प्रक्रिया थाल्यो



काठमाडौं । काठमाडौं महानगरपालिकाले करार सेवाका कर्मचारीलाई स्थायी पदपूर्ति गर्न प्रक्रिया अगाडि बढाएको एक महिना पुगसक्यो । तर, अझै गुपचुप राखिएको छ । महानगरको विशेष अधिवेशनको तेस्रो बैठक २६ फागुनमा काठमाडौं महानगरमा कार्यरत कर्मचारीको सेवा, सर्त र सुविधा व्यवस्था गर्न बनेको विधेयक २०७७ स्वीकृत गरेको थियो ।

महानगरले सोही ऐनमा टेकेर करार सेवाका एक सय ३८ जना कर्मचारीलाई सीमित प्रतिस्पर्धाबाट स्थायी बनाउन प्रक्रियासमेत थालिसक्यो । तर, यो ऐन हालसम्म राजपत्रमा प्रकाशित गरिएको छैन, न त सार्वजनिक नै गरिएको छ । महानगर स्रोतका अनुसार ऐन सार्वजनिक भएमा आलोचना हुने भयले गुपचुप राखिएको हो । आजका नयाँ पत्रिका दैनिकमा समाचार छ ।


प्रतिक्रिया दिनुहोस !