१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

तरकारीको मुल्य आकासियो, घिउसिमीको एक महिनामै ९५ रुपैयाँ बढ्यो



काठमाडौं । काठमाडौंमा तरकारीको मूल्य आकासिएको छ । गत चैत्र ७ मा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूचीमा लोकल घिउसिमी थोकमा प्रतिकेजी औसत ४५ रुपैयाँ थियो । तर मंगलबार वैशाख ७ मा यसको भाउ १ सय ४० रुपैयाँ पुगेको छ । तरकारी बजारमा सिमीम मात्रै भाउ अचाक्ली भएको होइन, सबैजसो तरकारीको मूल्य ४१ प्रतिशतसम्म्ले वृद्धि भएको छ भने खाने तेल, केराउ र कुखुराको मासुको मूल्य पनि आकासिएको छ ।

त्यसमाथि विचौलियाहरुको चलखेलले आम उपभोक्तालाई थप मँहगीले मार परेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथकंअनुसार बन्दा र मटरकोसाको मूल्य पनि होलसेलमै शतप्रतिशतले बढेको छ । हरियो फर्सी, काउली, हरियो धनियाँ, प्याजलगायत तरकारीको मूल्य पनि छोइनसक्नुभएको छ । होलसेलमै शतप्रतिशत वृद्धि हुँदा खुद्रामा पनि सोहीअनुसार मूल्य बढाएर बिक्रि गर्ने गरिएको छ । पछिल्लो समय कुखुराको मासुको मूल्यमा पनि वृद्धिको रेकर्ड बनिरहेको छ ।

उत्पादन नभएको भन्दै व्यवसायीहरुले आफूखुशी मूल्य बढाउँदा सरकारी निकाय भने मौन छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले आइतबारसम्म प्रतिकिलो मासुको मूल्य ४ सय १५ रुपैयाँ तोकेको थियो र उक्त मूल्य पनि अहिलेसम्मकै उच्च हो । संघले ४ सय १५ रुपैयाँ तोक्दा खुद्रा व्यवसायीले भने किलोकै ४ सय ५० रुपैयाँसम्म बिक्री गरिरहेका थिए । संघले सोमबार प्रतिकिलो ४ सय ५ रुपैयाँ तोकेको छ । अब खुद्रा भने ४ सय ७० रुपैयाँसम्म बिक्री भइरहेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !