४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

नागरिता र प्रवेशपत्र फेरेर परिक्षा दिने २० जनालाई कारबाही



काठमाडौं । लोक सेवा आयोगले सन्चालन गरेको प्रहरी जवान पदको लिखित परीक्षामा नागरिकता र प्रवेशपत्रको फोटो नै परिवर्तन गरी २० जना नक्कली परीक्षार्थी सहभागी भएको खुलेको छ । गत फागुन २२ गते कञ्चनपुर, महेन्द्रनगर र दिपायलबाट लिइएको परीक्षामा नक्कली परीक्षार्थी सहभागी भएको खुलेको हो । उनीहरुलाई लोक सेवा आयोगले लिने सबै प्रकारका परीक्षामा पाँच वर्षसम्म सहभागी हुन नपाउने गरी निलम्बन गरिएको छ । साथै उनीहरुलाई प्रचलित कानुनबमोजिम अनुसन्धान गरी आवश्यक कारबाही अगाडि बढाउन नेपाल प्रहरीको सम्बन्धित कार्यालयलाई लेखी पठाउने निर्णय पनि लोक सेवा आयोगले गरेको छ ।

यसको विस्तृत विवरण लोक सेवा आयोगले सूचना सार्वजनिक गरी दिएको छ । महेन्द्रनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पस परीक्षा केन्द्रमा आठ जना तथा शान्ति निकेतन मावि र अमिती कलेजमा तीनरतीन जना नक्कली परीक्षार्थी फेला परेका छन् । अन्य परीक्षार्थी बालजागृती मावि, जानकी कन्या मावि र दिपायलमा फेला परेका हुन् । महेन्द्रनगरको लिटिल बुद्ध एकेडेमी केन्द्रबाट परीक्षा दिएका एक जनाको भने परीक्षा मात्र रद्द गरिएको छ । उत्तरपुस्तिकामा आफ्नो विवरण लेखी हाजिरसमेत गरेर प्रश्नपत्र पाउनु अगावै परीक्षा केन्द्रबाट भागेका दिपेश बहादुर ऐडीको परीक्षा रद्ध गरिएको लोक सेवा आयोगले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय