७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

कोरोनाका कारण लोकसेवा आयोगको लिखित परीक्षा स्थगित



मकवानपुर : लोकसेवा आयोग बागमती प्रदेश हेटौंडाको वैशाख १७ र १८ गते हुने भनिएको लिखित परीक्षा स्थगित भएको छ । कोरोना संक्रमणको जोखिम बढेको भन्दै आयोगले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरेको हो । मंगलबार आयोगले सुचना जारी गर्दै वैशाख १७ र १८ गते हुने लिखित परीक्षा हुने जनाएको थियो । विज्ञापन नं २२४–२२७ ०७७–७८ (खुला र समावेशी) एकीकृत परीक्षा अन्तर्गत प्रशासन सेवा, सामान्य प्रशासन समूह र लेखा समूह, सहायकस्तर चौथौ र सह लेखापाल पदको दोस्रो चरणको लिखित परीक्षा अर्को व्यवस्था नभएसम्मको लागि स्थगित गरिएको आयोगले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !