१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

पीसीआर रिपोर्ट नक्कली भएको आशंकामा विदेश उड्न लागेका १२२ जनालाई अध्यागमनमै रोकियो



काठमाडौं : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विदेश उड्न लागेका १२२ जनालाई अध्यागमनले रोकेको छ । कोरोनाको पीसीआर रिपोर्ट नक्कली भएको हुनसक्ने आशंकामा अध्यागमनले १२२ जनालाई विदेश उड्नबाट रोक लगाएको हो । आज मात्रै कुवेत जान लागेका एक भारतीय नागरिकले नक्कली पीसीआर रिपोर्ट बनाएको भेटिएपछि अध्यागमनले पीसीआर रिपोर्ट चेकजाँचमा कडाई गरेको हो ।

 


प्रतिक्रिया दिनुहोस !