१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

दोलखाको साढे १२ सय हेक्टर वन क्षेत्रमा आगलागी



काठमाडौं : पछिल्लो एकमहिना यता मात्र दोलखाको साढे १२ सय हेक्टर वन क्षेत्रमा आगलागी भएको पाइएको छ । चालु आर्थिक वर्षको चैत महिनादेखि हालसम्म जिल्लाको ५२ वटा वनको १२ सय ६१ हेक्टर क्षेत्रफलमा आगलागी भएको पाइएको हो । जिल्लाका ती वन क्षेत्रहरुमा मानवीय असावधानी, गैरजिम्मेवारीपन र लापरवाहीको कारण आगलागी भएको सम्वद्ध कार्यालयले जनाएका छन् । वनक्षेत्रमा आगलागी हुने क्रम नरोकिएको कारण क्षतिको यकिन तथ्याङ्क आइनसकेको बताइएको छ ।

जिल्लाको विभिन्न ९ वटा स्थानीय तहका गरी ४७ वटा सामुदायिक वन र ५ वटा कबुलियती वन क्षेत्रमा आगलागी भएको डिभिजन वन कार्यालय दोलखाको तथ्याङ्क छ । आगलागीको कारण वनक्षेत्रमा रहेका बिरुवा, काठ, पशुपंक्षी तथा जनावारमा ठूलो क्षति पुगेको बताइएको छ ।आगलागीको कारण मानवीय क्षति नभए पनि पिउने पानीको पाइप, केही पर्यटकीयस्थलमा क्षति पुगेको वन कार्यालयले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय