१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

बिहीबार देशका अधिकांश क्षेत्रमा वर्षा



काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरी मौसम बदली भएको छ । बिहीबार देशका अधिकांश क्षेत्रमा अहिले वर्षा भइरहेको जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण नेपालको सबै प्रदेशको पहाडी क्षेत्रमा वर्षा भएको मौसमविदले बताएका छन् । उक्त क्षेत्रमा दुई दिनसम्म पानी पर्ने मौसम पूर्वानुमान महाशाखाको भनाइ छ । हावाहुरी र मेघगर्जनसहित परेको वर्षाले काठमाडौं उपत्यकामा अहिले अन्धकार छाएको छ ।

तराई क्षेत्रमा पनि मौसम बदली भई वर्षा भएको छ । तर ठूलो पानी नपर्ने सम्भावना भने रहेको विभागले जनाएको छ । प्रि–मनसुन सक्रिय भएकाले अहिले हावाहुरी सहित पानी परिरहेको महाशाखाले जनाएको छ । आज बेलुकादेखि मौसममा केही सुधार हुने भएपनि भोलि विहान ११ बजेदेखि फेरि देशको अधिकांश भुभागमा चट्याङ सहितको वर्षा हुने महाशाखाले पूर्वानुमान गरेको छ । अझै तीन दिन मौसममा सुधार नहुने मौसमविद्को भनाइ छ । प्रि–मनसुनमा विहान घाम लाग्ने दिउँसो भएपछि हावाहुरी चल्ने, चट्याङ पर्ने र पानी पर्ने गर्दछ ।


प्रतिक्रिया दिनुहोस !