१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

नारायणी अस्पतालमा उपचाररत थप ३ जना कोरोना संक्रमितको मृत्यु



वीरगञ्ज । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्जका दुई जना महिला र बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका एक जना पुरुषको मृत्यु भएको हो । वीरगञ्ज–१६ नगवा निवासी ४८ वर्षीया महिलाको शुक्रबार बिहान पौने २ बजे निधन भएको छ । यसैगरी वैशाख १४ गते भर्ना भएकी वीरगञ्ज– ३ बस्ने ४७ वर्षीया महिलाको गएराति मृत्यु भएको छ । कडा कोभिड निमोनिया देखिएको उनमा स्वासप्रश्वासनको समस्या पनि थियो । उपचारको क्रममा बिहीबार राति उनको मृत्यु भएको थियो । जीतपुर सिमरा–२४ बस्ने ७७ वर्षीय पुरुषको पनि गएराति ११स्२५ मा मृत्यु भएको अस्पतालले जनाएको छ । उनमा पहिल्यैदेखि टीबीको समस्या थियो । उनी बैशाख १० गते अस्पताल भर्ना भएका थिए ।


प्रतिक्रिया दिनुहोस !