२६ बैशाख २०८१, बुधबार
 |   Wed May 8 2024
Logo

डा. भट्टराईको शल्यक्रिया गरी ट्युमर निकालियो



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गरी निकालिएको छ । काठमाडौंस्थित वीर अस्पतालमा डा. सुबोध अधिकारीको नेतृत्वको टोलीले भट्टराइको शल्यक्रिया गरेको हो । भट्टराई पत्नी हिसिला यमीले ट्विट गर्दै भट्टराइको शल्यक्रिया सफल भएको जानकारी दिएकी छिन् । भट्टराईलाइ अपरेशनका लागि बिहान ९ बजे अपरेशन थेटर लगिएको थियो ।

शल्यक्रियाका लागि भट्टराई हिजै अस्पताल भर्ना भएका थिए । यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भारतको दिल्लीमा उहाँको स्वास्थ्य परीक्षण गरिएको थियो । वायोप्सी, डिओटिए परीक्षण, एनओसी परीक्षण तथा पेट सिटिस्क्यानसहित अन्य परिक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको बताएका थिए । शल्यक्रिया गरेर ट्युमर चाँडै नै फाल्नुपर्ने चिकित्सकले सुझाव दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !