१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

बालबालिकालाई संक्रमणबाट जोगाउन सन्तुलित खाना महत्वपूर्ण



काठमाडौं- कोरोना भाइरस संक्रमणको दोस्रो लहरले देश आतङ्कित भई रहेको छ भने मौसम परिवर्तनको कारण अहिले विभिन्न खाले संक्रमणको जोखि बढेकाल बालबालिकालाई सन्तुलित खानामा ध्यान दिनुपर्ने पोषणविद्हरुको धारणा छ । पद्मकन्या क्याम्पसको होम साइन्स विभागको प्रमुख पोषणविद् डा. जया प्रधान भन्नुहुन्छ, अहिले कोरोनाको दोस्रो लहरले देश त्रसित भएको अवस्था छ । यस्ता महामारीसँग लड्नको लागि शरीरमा रोग प्रतिरोधक क्षमता बढाउनुभन्दा अरु विकल्प अहिले देखिएको छैन ।

उहाँले हाम्रो भान्छामा नियमित प्रयोग हुने जिरा, मरिच, बेसार, धनियाँ दालचिनी र दैनिक रुपमा प्रयोग गरिने ल्वाङ, तुलसी, पिपला, अदुवा, लसुन, कागती, टिमुर, मह आदिले पनि हाम्रो रोग प्रतिरोधक क्षमता बढाउने जानकारी दिनुभयो । खानाको साथ साथै हामीले घरमा बसेर पनि ब्यायाम गर्न सकिन्छ जसले थप रोग प्रतिरोधक क्षमता बढाउन मद्दत गर्ने पनि प्रष्ट पार्नुभयो ।

डा.प्रधानले खाना खाने मात्र नभएर खानेकुरालाई कसरी स्वच्छ राख्नुपर्ने कुरामा पनि ध्यान दिनुपर्ने धारणा ब्यक्त गर्नुभयो । जनस्वास्थ्य तथा पोषणविद् डा.अरुणा उप्रेती पनि अभिभावकलाई आतङ्कित नहुन सुझाव दिनुहुन्छ । बालबालिका साबुनपानीले हात धुनुपर्छ भन्ने सिकाउनुको साथै नाक, मुखमा हात लैजान नहुने पनि ज्ञान दिनुपर्छ । मौसम परिवर्तको कारण सामान्य रुघा, खोकी लाग्न सक्ने भएकोले पोषिलो खानेकुरा खानुपर्छ भने बालबालिकालाई क्वाटीको झोल अथवा मन तातो पानी वा दुध बेसार र कालो मरिज मिसाएर दिनुपर्छ उहाँ थप्नुहुन्छ, यो खाने कुराले कोरोना संक्रमणको लागि नभइर रोगसँग लड्ने क्षमता बढाउनको लािग हो ।

रोग सँग लड्ने क्षमता विकासले रोग लाग्न नदिने हो त्यसलै रुघा, खोकीबाट बच्नुपर्छ जसले निमोनिया हुन दिदैन । अहिले झाडा, पखाला लाग्ने पनि मौसम भएकोले कारण हात धुने बानीले यस प्रकारको रोगबाट पनि बच्च मदत गर्ने पनि डा.उप्रेतिले जानाकारी दिनुभयो । घरेलु उपचार तथा प्राथमिक उपचारले निको नभए भीडभाड नहुने गरि जांँच गराउने ब्यबस्था गर्नुपर्छ । बालबालिकालाई चम्चाले खाना खाने अभ्यास गराउनुपर्छ, बालबालिकालाई छुँदा, खुवाउँदा, खेलाउँदा, कपडा फेरीदिंदा साबुनपानीले राम्रोसँग हात धुनुपर्ने बताउनुभयो ।

सन्तुलित खानाको लागि हरियो सागसब्जी, फलफुल, दूध, घ्यु, दही, दाल, गेडागुडी, बदाम, काजु, गेडागुडीको रस दैनिक खुवाउने ब्यबस्था गर्नुपर्छ । रक्सी खाएमा कोरोना भाइरस मर्छ भन्ने ठूलो भ्रम छ, डा. उप्रेती भन्नुहुन्छ, अल्कोहल कन्टेन्ट स्यानिटाइजरले हात सफा गर्ने हो अल्कोहल खाने व्यक्तिमा रोगसँग लड्ने क्षमता कम हुन्छ्र संक्रमित व्यक्तिले अल्कोहल खाएमा मृत्यु हुन सक्छ । उहाँले लसुन, बेसार, गुर्जो, अदुवा आदिले कोरोनालाई सन्चो गर्ने हैन रोगसँग लड्ने क्षमता बढाउने हो, गोमुत्र सेवनले भाइरस मर्दैन अरु अरु संक्रमण हुनसक्ने जानकारी दिनुभयो ।

यसैगरी प्राध्यापक तथा बालमनोविज्ञ निर्मला उप्रेतीले बालबालिकाको अहिले भएको विदाको समयमा धेरैकुरा सिकाउन सकिने जानकारी दिनुभयो । कोरोनाको त्रासमा परिरहेको बालबालिकालाई घर भित्रको काममा रमाउने बातावरण बनाउनुपर्ने बताउनुभयो । उहाँले धेरै कुरा अभिभावकले आफ्ना छोरा छोरीलाई सिकाउन सकिन्छ खानेकुरा पकाउने सिकाउने जसले गर्दा बालबालिकालाई समयको पनि उपयोग हुन्छ भने भविष्यमा परनिर्भर बन्न पनि सजिलो हुन्छ ।- गोरखापत्रअनलाइनबाट


प्रतिक्रिया दिनुहोस !