१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

६० देखि ६५ उमेर समूहका ज्येष्ठ नागरिकले खोप पाएनन्



काठमाडौं- कोरोना भाईरसको खोपको व्यग्र प्रतीक्षा भईरहदा नेपालमा कोरोना भाईरस फैलिसकेको छ । अहिले देशमा महामारीको दोस्रो चरण देखा परीसकेको छ । यो बीचमा केहि खतरा वढिरहेको छ । घातक सरुवा रोगको खतरा अझ बढि देखिएको छ ,जसले कोरोना भाईरसलाई हल्का सोचिरहेका छन् ।

तर ६० देखि ६५ उमेरसमूह भित्रकाले आफूहरूलाई खोप लगाउने विषयमा सरकारले समावेश नगरेको भन्दै आफूहरूमाथि अन्याय भएको बताएका छन् । भारतले नेपाललाई १० लाख कोभिसिल्ड खोप उपलब्ध गराएको थियो । सरकारले पुष २३ गतेभित्र फ्रन्टलाईनमा काम गरीरहेकालाई आधिकारीक रुपमै कोरोना भाईरस विरुद्धको खोप अभियान सञ्चालन गरेको थियो । त्यसपछि फागुन २३ बाट २० दिनको लागि ज्येष्ठ नागरीक जो ५५ माथि छन् तिनिहका लागि खोप दिने भनियो तर पहिलो १० दिन ६५ वर्ष उमेर माथिकाले मात्र खोप लगाउन पाए ।

आधाआधि मात्र खोप लगाउँदा सरकारले खोप लगाउने काम छिटो सक्न निर्देशन दिएपछि ५५ देखि ६५ वर्ष उमेर समूहकका ज्येष्ठ नागरीकहरु खोप लगाउनबाट छुट्न पुगे । अहिले १८ वर्षदेखि माथि र ६० वर्ष मुनिका उमेर समुहका लागि चीनले उत्पादन गरेको खोप दिईदैछ । ५५ देखि ६० वर्ष उमेर समुहकाले खोप लगाए भने ६० देखि ६५ उमेर समुहका खोप लगाउनबाट वञ्चित रहे । ६० वर्षिय मदनप्रसाद रिमालले भन्नुभयो “हामी कोरोना भाईरसले सङक्रमण गर्न सक्ने अवस्थामा हुँदाहुदै पनि खोप लगाउनबाट छुट्यौँ, सरकारको प्राथमिकतामा हामी परेनौँ । यो महामारीमा ६० देखि ६५ वर्ष उमेरका मानिसमा अरु पुराना रोगहरुको पनि जोखिम हुन्छ । तर सरकारले हामीलाई खोपको सुनिश्चितताबाट टाढा राख्यो ।” उहाले थप्नुभयो “यहि उमेर समुहका धेरै मानिसले यहि गुनासो गर्दछन् । ”

उहाँले भन्नुभयो “म खोप केन्द्रमा दुई पटक पुगेर घटौं लाईनमा बस्दा पनि खोप लगाउन पाईन ।” ६१ वर्षिय रामप्रसाद खतिवडाले पनि आफ्नो उहि अवस्था सुनाउनुभयो “सरकारले खोप अभियानलाई किन हामीले लगाने दिनमा रोक्नुपर्ने म प्रश्न गर्न चाहन्छु, स्वास्थ्य मान्त्रालय अन्तर्गतका प्रशासनलाई मैले धेरै पटक प्रश्न गरे तर उत्त। पाउन सकिन ,म विश्वास गर्छु कि हामी अभागी उमेर समुह हौँ जसलाई सरकारले वेवास्ता गर्छ । हुनतः कुनै पनि समाचारमा खोप लगाएपछि कोरोना नै लाग्दैन भन्ने त आएको छैन तर रोग सँग लड्ने शक्तिमा भने वृद्धि हुन्छ । तर म विश्वस्त छु सरकारले कमजोर उमेर समुहकालाई तत्काल केहि कदम चाल्नेछ । ”

सरकारले ६० देखि ६५ वर्ष उमेर समुहका वृद्धहरुलाई खोप नदिएर अन्याय गरेको जनस्वास्थ्य विशेषज्ञ डा. रविन्द्र पाण्डेयले बताउनुभयो। “चाइनिज खोप सुरु हुनुभन्दा अगाडि अरु देशहरूमा ६० वर्ष माथिकालाई भेरोसिल दिईन्थ्यो । आगामी दिनमा सरकारले वृद्धहरुलाई भएको चिनियाँ खोप वा आयात गरेर भए पनि खोप दिनुपर्नेमा डा. पाण्डेयको जोड छ ।”

यसैबिच कोभिड १९ सल्लाहाकार समितीका संयोजक डा.श्याम राज उप्रेतिका अनुसार भारतले अनुदानमा दिएको खोप ६० वर्ष उमेर माथिका समुहका लागि प्रयाप्त नभएको कुरा साँचो हो । चीनले अनुमति दिएको भेरोसिल पनि १८ देखि ६० वर्षसम्मकालाई मात्र पुग्यो ,त्यो पनि ६० देखि ६५ उमेर समुहलाई दिन सकेनौँ । भाईरस बढ्दै गैरहको समयमा यो अत्यावश्यक मान्नुपर्दछ । डा. उप्रेतिका अनुसार भारतबाट १० लाख खोप यहि जेठसम्म आयात गर्नुपर्दछ । “जति छिटो खोप आउछ त्यति छिटो हामीले पहिले खोप नपाएका वृद्धहरुलाई खोप दिन सक्छाँै ” उहाँले भन्नुभयो । अहिले एक करोड ३० लाख खोपको सुविधा भयो भने मात्र पुषसम्म धान्न सक्ने उहाँको भनाई छ । त्यसैले खोप आयातमा देखिएको समस्या समाधान गर्दै ६० वर्षमाथिकालाई पहिलो प्राथमिकतामा राख्नुपर्दछ । “म सबै नागरीकमा भन्न चाहान्छु कि सबै स्वास्थ्य पालनाका मापदण्डहरु पालना गर्दै यो घातक भाईरसको प्रसार रोक्नुपर्दछ । ”


प्रतिक्रिया दिनुहोस !