१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

सोच बेलैमा



काठमाडौं- सोना अमात्यको नयाँ गीत सोच बेलैमा सार्वजनिक भएको छ ।सोच बेलैमा गीतको भावलाई अझै उत्कृष्ट प्रदान गर्दै म्युजिक भिडियो दर्शकहरु माँझ रिलिज भएको छ ।

एड एजेन्सी फुल सर्कलकी सीईओसमेत रहेकी सोनाले ‘मेरो माया’ एल्बम अन्तर्गतको सिंगल गीत सार्वजनिक गरेकी हुन् । उनले आउँदो दिनमा यसका गीतहरुलाई सार्वजनिक गर्दै जाने र एल्बममा संग्रहित गर्ने समेत बताएकी छिन् ।

सानै उमेरदेखि गीत संगीतमा मोहित रहेकी गायिका सोना अमात्यको सोच बेलैमा गीतलाई नायक विवेकसिंह ठकुरीले आफ्नो स्वर दिने भएका छन् । सोना अमात्यकै संगीत प्रशिक्षक शशीविक्रम थापाको शब्द संगीतमा रहेको गीतमा सोना र विवेकको साथमा गरिमा शर्मा, गोविन्दसिंह विष्टको मोडलिंग छ ।

गम्भीर विष्टद्वारा निर्देशित उक्त भिडियो नवराज उप्रेतीको छायाँकन र सुरेन बसेलको कोरियोग्राफी छ । भिडियोलाई सोनाकै आधिकारिक युट्युब च्यालन सोना अमात्यबाट सार्वजनिक गरिएको छ । सोनाले यसअघि मेरो माया करोडमा गीत ल्याएकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !