१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

कर्णालीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु



सुर्खेत- कर्णाली प्रदेशमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु भएका दुबै जना सुर्खेतका रहेको र उनीहरुको प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका –१० की ३२ वर्षीय महिला र गुर्भाकोट नगरपालिका –१३ का ३५ वर्षीय पुरुष रहेका छन् ।

वीरेन्द्रनगरकी त्यी महिलाको शुक्रबार साँझ ७ बजे मृत्यु भएको हो भने गुर्भाकोटका पुरुषको शनिबार बिहान मृत्यु भएको प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिए ।

योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !