१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

विप्लवको एकीकृत जनक्रान्तिले नेपालको क्रान्तिलाई अगाडी बढाउदैन : कृष्णप्रसाद धमला



विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्ति मार्फत् नेपालमा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने भन्दै पार्टी विभाजन गरेको करिब ७ ८ बर्षमै राज्यसँग तीन बुँदे शान्ति सम्झौता गर्दै शान्तिपूर्ण राजनीतिक अवतरणमा आयो । विद्यमान राज्यसत्तालाई ध्वंस गर्दे नयाँ राज्य सत्ता निर्माण गर्न भन्दै अगाडी बढेका विप्लवको नेपाल कम्युनिस्ट पार्टी दिन प्रतिदिन दुब्लाउँदै गएको छ । पार्टी पूनर्गठन गरेयता तत्कालीन पोलिटब्यूरो सदस्य तिलक परियारले पार्टी छोड्ने शुरुवात गरेयता अरु दर्जनौ नेताहरु विप्लवको राजनीतिक कार्यदिशा र सांगठानिक कार्यशैली प्रति असन्तुष्ट बन्दै पार्टी छोडिसकेका छन् तर विप्लव भने उही पुरानै रप्तारमा कुदिरहेका छन् ।

पोलिटब्यूरो सदस्य तिकल परियार, पदम राई, मोहन कार्की केन्द्रीय सदस्य शरदसिंह भण्डारी, शुदिप मल्ल, जीवन, पारसमणी, किरण राईलगायतका दर्जनौँ केन्द्रीय नेताहरुले पार्टी परित्याग गरे । त्यस्तै ब्यूरो सदस्य र जिल्ला सदस्यहरुको त नाम भनेर साध्य नै छैन । पछिल्लो समय पार्टीको शुद्धिकरणमा परेका तत्कालीन पोलिबट ब्यूरो सदस्य कृष्ण धमलाले पनि विप्लवको पार्टीका १० जना पूर्व केन्द्रीय सदस्यहरुलाई साथमा लिएर पार्टी विभाजन गरेका छन् । उनले आफ्नै नेतृत्वमा जन समाजवादी मञ्च समेत गठन गरेका छन् । नेता धमलासँग गरेको कुराकानीको अंश ।

तपाईले विप्लव नेतृवको नेकपाको पार्टी विभाजन गरेको समाचार आयो तर तपाई पार्टीमै हुनुहुन्थेन कसरी पार्टी विभाजन हुन्छ ?

पहिलो कुरा मसहित १७ जना साथीहरु पार्टीको सुद्धिकरणमा परेका थियौँ । पार्टीबाट कारबाही हुनु र शुद्धिकरणमा पर्नु फरक कुरा हो । शुद्धिकरण सधैका लागि हुँदैन । त्यो क्षणिक प्रक्रिया हो । त्यसपश्चात हामीलाई पार्टीमा कुनै जिम्मेवारी दिईएन । त्यसकारण हामी सधै त्यहाँ पेण्डुलम भएर रहिरहने कुरा भएन । हामीमाथि शुद्धिकरणले अन्याय भएको थियो । पार्टी शुद्धिकरणमा परेका साथीहरुसँगको लामो छलफलपछि हामीले जन समाजवादी मञ्च गठन गरेका हौँ ।

भनेपछि तपाईको असन्तुष्टि राजनीतिक नभएर नितान्त पद र जिम्मेवारीको रहेछ भन्ने देखियो नि ?

होईन, हाम्रो असहमति पद वा जिम्मेवारीको होईन, राजनीतिक र वैचारिक नै हो । हामीले राजनीतिक बिषयमा पटक पटक छलफल गरेका थियौँ । त्यही कारण हामी शुद्धिकरणमा पर्यौ ।

अनि राजनीतिक कार्यदिशाकै बिषयमा तपाईको मत भिन्नता थियो ?
हो । हामीले राजनीतिक कार्यदिशाका बिषयमा पटक पटक कुरा उठाएका थियौँ । त्यही कारण हामीलाई कुनै पनि जिम्मेवारी दिईएन । एकीकृत जनक्रान्ति स्पष्ट हुनु पर्यो भन्ने हामीले भनेका थियौ । त्यो सुन्ने पक्षमा नेतृत्व भएन ।

त्यसो भए एकीकृत जनक्रान्ति नै गलत थियो भन्ने तपाईको भनाई हो ?

हो । एकीकृत जनक्रान्ति कार्यदिशा नै होईन । त्यो कार्यक्रम मात्र हो । त्यसले नेपाली क्रान्तिलाई अगाडी बढाउँदैन । अमृत भयो । मूर्त भएन । सारसंग्रहवादी भयो । निगम पुँजीवादी युगमा नयाँ जनवादी क्रान्ति भन्नु नै गलत छ । नयाँ खालको राजनीतिक कार्य दिशा हुनपर्दछ । त्यसकारण नयाँ स्टेप चाल्न पुगेका हौँ ।

त्यसो भए विप्लव जीको पार्टीमा फकिने संभावना छैन ?
त्यो संभवना छैन । राजनीतिक र वैचारिक मतभिन्नता हुँदा त्यहा जाने कुरै हुँदैन । पार्टीका कार्यशैलीका बिषयमा पनि प्रश्न गरेका थियौँ । अब त त्यहाँ बस्ने संभावना नै भएन ।

भनेपछि प्रचण्डले भने झै पूर्वमाओवादीहरु एक ठाउँमा जाने वातावरण तयार पार्न खोज्नु भएको हो ?
हामीले प्रष्ट भनेका छौँ । प्रचण्ड जी भनका पश्चगमनकारी नै हुन् । उनल संसवादी राजनीतिको सेरोफेरो भन्दा फरक ढंगले सोच्न पनि सक्दैनन् । संसदीय प्रणाली आफैमा पश्चगमनकारी व्यवस्था हो । प्रचण्डले पटक पटक पूर्वमाओवादीहरुको एकीकरणको कुरा गरिरहन्छन् त्यसले संसदीय अंकगणितमा प्रभाव पार्ला तर वैज्ञानिक समाजवादी क्रान्तिको आधार भने तयार पार्दैन । तसर्थ हामी प्रचण्डको पार्टीमा जाने भए तपहिले नैजान्थ्यौ होला नि । त्यहाँ जाने कुरै हुन्दैन ।

तपाई त्यो पार्टीको पोलिट ब्यूरो सदस्य । राजनीतिक र वैचारिक बिषयमा प्रशिक्षण दिने मान्छे । तपाई पार्टीबाट बाहिरिदा तपाईसँग जाने कार्यकर्ता रहेका छन् ?

एउटा राम्रो पंति छ । १० जना जति पूर्व केन्द्रीय सदस्यहरु नै छन् । हामीले नेपालको क्रान्तिलाई नयाँ ढंगले अगाडी बढाउनलाई पहल गर्ने छौँ । वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्नका लागि नयाँ अभ्यासको थालनी गर्ने छौँ ।

 


प्रतिक्रिया दिनुहोस !