१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

सुनसरीमा कोरोनाबाट दुई दिनको अन्तरमा आमा छोराको मृत्यु



विराटनगर- कोरोना संक्रमणका कारण सुनसरीमा दुई दिनको अन्तरमा आमा छोराको मृत्यु भएको छ । सुनसरी सदरमुकाम इनरुवामा आमाको मृत्यु भएको दुई दिनपछि छोराको मृत्यु भएको हो ।

बुधबार होम आइसोलेसनमा आमाको मृत्यु भएको थियो । छोराको शनिबार दिउँसो कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको हो ।८४ वर्षीय आमाको मृत्यु भएकै दिन ६५ वर्षीय छोरालाई विराट मेडिकल कलेज भर्ना गरिएको थियो । विराटबाट थप उपचारका लागि कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको थियो ।

केन्द्रका संयोजक बैजनाथ साहका ती पुरुषको शनिबार दिउँसो साढे १ बजे मृत्यु भएको हो । उनमा मुटु र श्वासप्रश्वासको समस्या देखिएको थियो । इनरुवा नगरपालिका–३ का वडाध्यक्ष कालुराम गुरुङका अनुसार नोबेल मेडिकल कलेजमा पीसीआर जाँच गर्दा परिवारका सात जनामा कोरोना पोजेटिभ देखिएको थियो ।


प्रतिक्रिया दिनुहोस !