१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

गुल्मीमा एक साताका लागि निषेधाज्ञा



गुल्मी । गुल्मीमा गए रातिदेखि एक साताका लागि निषेधाज्ञा लागू भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको निर्णयअनुसार वैशाख २५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । निषेधाज्ञा अवधिभर अत्यावश्यक उपभोग्य खाद्यवस्तु बेच्ने पसल, दूध, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, तथा निर्माण सामग्रीका पसलहरु बिहान ७ देखि ९ बजेसम्म खुला हुने छन् । बैंक वित्तीय संस्था तथा होटलहरु दिउँसो १० देखि १२ बजेसम्म खुलाउन पाइने छ । अस्पताल र औषधि पसल २४ सैं घण्टा खुला रहनेछन् ।

निषेधाज्ञामा खाद्यान्न, तरकारी, फलफूल, दूध, पानी, इन्धन, औषधि बोक्ने गाडी, फोहोरमैला व्यवस्थापन र एम्बुलेन्स बाहेक सम्पूर्ण सवारी साधनलाई पूर्णरुपमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन जिल्लावासीलाई आग्रह गरेको छ । निषेधाज्ञा उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने उपर प्रचलित कानुन बमोजिम कारबाही हुने प्रशासनले जनाएको छ । गुल्मी जिल्लामा कोभिडको दोस्रो लहरबाट २ सय बढी संक्रमित भएका छन् भने हालसम्म १० जनाको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस !