१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

कोभिडविरुद्धको लडाईमा समग्र पार्टी पंक्तिलाई नै स्वयंसेवीको रुपमा परिचालित हुन आव्हान



काठमाडौं- सत्तारुढ नेकपा एमालेको आइतबार दिउँसो प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतमा बालुवाटारमा बसेको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । स्थायी कमिटी बैठकमा कोभिड–१९ संक्रमितहरुको उपचारका लागि आवश्यक पूर्वाधारहरु, शैय्याहरु, खोप, उपकरण, अक्सिजन तथा अत्यावश्यक औषधिहरुको तत्काल थप प्रबन्धन गर्ने छलफलभएको एमाले पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताउनुभएको छ ।

यसका साथै कोभिड–१९ महामारीको यो विषम् परिस्थतिमा अन्य तयारीहरु पनि तीव्ररुपमा अघि बढाउने निर्णय बैठकले गरेको छ । बैठकले कोभिडविरुद्धको लडाईमा समग्र पार्टी पंक्तिलाई नै स्वयंसेवीको रुपमा परिचालित हुन पनि आव्हान गरेको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय