१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

तीन बालककाे हत्याबारे निष्पक्ष छानवीन गर्न दलित आयोगको सरकारसँग माग



काठमाडौं- दाङमा पार्किङ गरी राखेको भारतीय नम्बर प्लेटको गाडीभित्र दलित सुमदायका ३ बालकको शव फेला परेको घटनाप्रति राष्ट्रिय दलित आयोगको ध्यानाकर्षण भएको छ । आयोगले आज एक विज्ञप्ती जारी गर्दै सिँगो दलित समुदायलाई स्तब्ध बनाउने घटनाप्रति आयोगको ध्यानाकर्षण भएको जनाएको हो ।

आयोगले घटनाको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबीन गर्न, सत्य तथ्यको सार्वजनिकीकरण गर्न तथा दोषीमाथी कडा कानूनी कारवाही गर्न पनि आयोगले सम्बन्धित निकाय र सरकासँग माग गरिएको आयोगका सदस्य मीनादेवी सोवले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

दाङको तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित स्याउली बजारमा १८ गते तुल्सीपुर वडा नम्बर ६ बरुवागाउँका दलित समुदायका बालक ६ वर्षका करण परियार, ७ वर्षका सुवर्ण परियार र ९ वर्षका सन्दिप परियारको शव फेला परेको थियो । सडकमा पार्किङ गरेर राखिएको गाडी भित्र नग्न तथा अर्धनग्न अवस्थामा शव भेटिएको सूचना तथा समाचारले गम्भिर आंशका सृजना भएको पनि आयोगले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !