१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

सुदूरपश्चिम प्रदेशमा ४३ जना कोरोना सङ्क्रमितको मृत्यु



डोटी । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित हुने दर दिनहुँ बढ्दै गएको छ भने आठ दिनको अवधिमा ४३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार शनिबार अपराह्नसम्म यो प्रदेशमा कम्तिमा एक हजार २४३ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा १८६ जना निको भएका छन् । निर्देशनालयका अनुसार कैलालीमा १८, कञ्चनपुरमा १८, डडेल्धुरा २, अछामका २, बैतडी १, बझाङ १, दार्चुलाका १ जना सङ्क्रमितको मृत्यु भएको हो । मृत्यु भएका धेरैजसोमा कडा खालको निमोनिया रहेको पाइएको स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ । कोरोना कहर शुरु भएदेखि हालसम्म प्रदेशभर कोरोना सङ्क्रमणबाट ८४ जनाको मृत्यु भइसकेको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी कैलाली र कञ्चनपुरका नागरिक रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !