१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

बलात्कार मुद्धामा फरार दोषी १० बर्षपछि पक्राउ



काठमाडौं : जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ । संखुवासभाको चैनपुर नगरपालिका–१० घर भएका लेकबहादुर अधिकारी उर्फ गणेशलाई ईलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो । अपराध गरेको १० वर्षपछि उनलाई सुनसरीको खनारबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय चैनपुरका इन्सपेक्टर योगराज खतिवडाले बताए । खनारमा रहेको प्लाईउड कारखानामा काम गरिरहेको सुराकको आधारमा प्रहरी टोली त्यहाँ पुगेको थियो । संखुवासभाको साविक खराङ गाबिस–२ का ४३ वर्षीय गणेशले १३ वर्षीया बालिाकालाई बलात्कार गरेका थिए । सो मुद्दामा ०७२ माघ १८ मा अदालतले उनलाई १२ वर्ष कैद हुने फैसला गरेको थियो । अधिकारीले २०६८ साल माघ १२ गते १३ वर्षिय नाबालिकालाई जबरजस्ती करणी गरी फरार भएका थिए । जिल्ला अदालत संखुवासभाको आदेशले उनलाई कारागार चलान गरिएको इन्सपेक्टर खतिवडाले बताए ।


प्रतिक्रिया दिनुहोस !