spot_img
Tuesday, May 18, 2021
spot_img
spot_img

ट्रेन्डिङ :

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमितको मृत्यु

spot_img
spot_img
spot_img
spot_img

बुटवल- रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । २४ घण्टाको अवधिमा रुपन्देहीका ३ र अन्य जिल्लाका तीनजनाको मृत्यु भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालबाट सन्चालित कोरोना विशेष अस्थायी अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार कपिलवस्तुको शिवराज नगरपालिका–७ निवासी ४३ वर्षीय पुरुषको आज विहान ९:५० बजे मृत्यु भएको छ । वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी सोही दिन अस्पताल भर्ना भएका थिए ।

यस्तै सल्यानको शारदा-११ निवासी ४३ वर्षीय पुरुषको पनि आज विहान ६:५८ मा मृत्यु भएको छ । वैशाख १८ गते संक्रमण पुष्टि भएका उनी सोही दिनदेखि अस्पताल भर्ना भएका थिए । उनमा ज्वरो र श्वासप्रस्वास सम्बन्धी समस्या थियो । अर्घाखाँचीको धातिवाङ-८ निवासी ७५ वर्षीय पुरुषको आज विहान २ बजेर १८ मिनेमा मृत्यु भएको डा. गौतमले जानकारी दिए । उनमा वैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी बुटवल-४ रुपन्देही निवासी ८४ वर्षीय पुरुषको आज विहान १:२४ बजे र बुटवल–९ रुपन्देहीका ६१ वर्षीय पुरुषको गएराति साढे आठ बजे मृत्यु भएको छ । बुटवल-११ रुपन्देहीकै ६५ वर्षीय पुरुषको आइतबार दिउँसो ३:५० बजे मृत्यु भएको छ । वैशाख १६ गते संक्रमण पुष्टि भएका उनी १८ गतेदेखि अस्पताल भर्ना भएका थिए ।

spot_img
spot_img
spot_img

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

उपत्यकामा थपिए २,६३५ जना संक्रमित

spot_img
spot_img

हेर्न छुटाउनु भएको हो कि?

spot_img
%d bloggers like this: