spot_img
Sunday, May 9, 2021
spot_img
spot_img

ट्रेन्डिङ :

कोरोनाबाट पूर्व सहायकमन्त्री प्रकाश चित्रकारको निधन

spot_img
spot_img
spot_img
spot_img

भैरहवा- कोरोना संक्रमणबाट पूर्व भूमिसुधार सहायकमन्त्री प्रकाश चित्रकारको सोमबार बिहान निधन भएको छ । सिद्धार्थनगर नगरपालिका–७ का स्थायी बासिन्दा चित्रकारको भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन कालमा भूमि सुधार सहायकमन्त्री बनेका थिए ।

नेपाल विद्वत परिषद्, नागरिक समाजलगायतका संस्थामा आबद्ध चित्रकार राजावादी व्यक्तिको रुपमा परिचित थिए । उनले गत शुक्रबार युनिभर्सल शिक्षण अस्पतालमा स्वाब परीक्षण गराएका थिए । स्वास्थ्यमा समास्या आएपछि भोलिपल्ट अस्पतालमा भर्ना भएका थिए । अस्पतालका सूचना अधिकृत सुशील गुरुङले कोरोना संक्रमणबाट उनको फोक्सोमा निमोनियाले असर गरेको र श्वासप्रश्वासमा समस्या देखिएको बताए ।

spot_img
spot_img
spot_img

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

बाँकेमा थप ५ जना कोरोना संक्रमितको मृत्यु

spot_img
spot_img

हेर्न छुटाउनु भएको हो कि?

spot_img
%d bloggers like this: