१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

कोरोनाबाट मृत्यु भएका परिवारलाई कर्णाली सरकारले एक लाख रुपैयाँ दिने निर्णय



सुर्खेत- कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेका परिवारलाई राहत स्वरुप एक लाख रूपैयाँ दिने निर्णय गरेको छ । शुक्रबार बसेकाे प्रदेश मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणबाट मृत्यु भएमा मृतकका परिवारलाई राहत स्वरुप उक्त रकम उपलब्ध गराउने निर्णय गरेकाे प्रदेश सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिइन् ।

‘विपद्को घडीमा नागरिकलाई राहत दिने हेतुले यस्तो निर्णय गरिएको हो,’ आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेकी केसीले भनिन् ।


प्रतिक्रिया दिनुहोस !