६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

चितवनमा एकै दिन चारजना कोरोना संक्रमितको मृत्यु



चितवन- चितवनमा सोमबार एकै दिन चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवन मेडिकल कलेज सीएमसी)मा तीन जना र कलेज अफ मेडिकल साइन्सेस पुरानो मेडिकल कलेज (सीएमएस) मा एकजनाको मृत्यु भएको हो ।

चितवनमा १३ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । सीएमसीमा ९ जना र सीएमएसमा ४ जना भेन्टिलेटरमा उपचार गराइरहेको कार्यालयले जनाएको छ । जिल्लाका विभिन्न अस्पतालमा गरेर ६४ जना बिरामी आईसीयूमा उपचाररत छन् । तीमध्ये सीएमसीमा ३६ जना, सीएमएसमा १८ जना र भरतपुर अस्पतालमा १० जना छन् ।

जिल्लाका अस्पतालमा उपचार गराइरहेका २२० जना संक्रमितमध्ये भरतपुर अस्पतालमा १०६, सीएमसीमा ७८ र सीएमएसमा ३६ जना रहेका छन् । जिल्लामा भरतपुर अस्पतालमा ११० शय्या, सीएमसीमा १३९ शय्या र सीएमएसमा १०० शय्या कोभिड संक्रमितका लागि छुट्टाइएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय