१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम साढे ७ अर्ब नाघ्यो



काठमाडौं- सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आइतबार ५४ अंक्ले बढेको नेप्से परिसूचक सोमबार १२ दशमलव ३६ अंकले घटेर २ हजार ६ सय ५२ अंकमा झरेको छ ।

कारोबार रकममा भने सुधार देखिएको छ । एक करोड ५९ लाख ८ हजार ४ सय ९९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ५२ करोड ९२ लाख ९० हजार १ सय ४६ रुपैयाँको सेयर कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस !