११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

निषेधाज्ञा थप कडा बनाउने प्रधानमन्त्रीको उद्घोष



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको नयाँ स्वरूपको लहर थप घातक रुपमा देखापरेकाले निषेधाज्ञा थप कडा पार्ने बताएका छन् । उनले निषेधाज्ञा थप कडाइ गर्न लागिएको भन्दै ओली २० गते रातिदेखि आन्तरिक र २३ गतेदेखि बाह्य उडान बन्द गर्ने निर्णय सरकारले गरेको पनि ओलीले बताए । सोमबार देशवासीको नाममा सम्बोधन गर्दै ओलीले ३० जिल्लामा २०० भन्दा कोरोना संक्रमित रहेको र १५ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेको बताए । उनले कोरोनाविरुद्ध लड्नका लागि खोप अभियानलाई प्रभावकारी बनाउन लागिपरेको पनि बताए । ओलीले प्रदेश केन्द्रीत हुने गरी सरकारका मन्त्रीलाई एक एक जनाका दरले फोकल व्यक्ति तोकिएको पनि बताए । यस्तै नेपाल भारतबीचको १३ नाका मात्रै सञ्चालन ल्याइएको पनि ओलीले बताए ।

 


प्रतिक्रिया दिनुहोस !