११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

ठाकुर र महतो पक्षले जसपा सांसदलाई काठमाडौं बोलायो



काठमाडौं । जनता समाजवादी पार्टीले राजधानी बाहिर रहेका सांसदहरुलाई तत्काल काठमाडौं उपत्यकामा आउन निर्देशन दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने निर्णय गरेसँगै जसपा अध्यक्ष ठाकुरको निर्देशनमा कार्यालयबाट सांसदहरुलाई फोन गएको थियो । फोनमा राजनीतिक परिस्थिति फेरिएकाले कुनै पनि बेला आवश्यक पर्ने भन्दै सांसदहरुलाई काठमाडौं उपत्यकामा आएर बस्न भनिएको थियो । जसपा केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले सांसदहरुलाई काठमाडौं बोलाएको पुष्टि गरे ।


प्रतिक्रिया दिनुहोस !