६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

नेपाल पक्षका थप तीन सांसदलाई स्पष्टीकरण सोधियो



काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षका थप तीन सांसदलाई स्पष्टीकरण सोधेका छन् । अध्यक्ष ओलीका तर्फबाट केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले गंगा चौधरी, कलिला खातुन र समीना हुसेनलाई स्पष्टीकरण सोधेका हुन् । स्पष्टीकरण पत्रमा पार्टी विधानसँगै अर्को पार्टीमा लाग्नु भएको हो भन्ने प्रश्न सोधिएको छ । यसअघि एमालेले नेता माधवकुमार नेपालसहित प्रतिनिधिसभाका २७ र कर्णाली प्रदेशका ५ गरी ३२ सांसदलाई स्पष्टीकरण सोधिएको थियो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय