६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

एक महिलाको आइसियु खोज्दा खोज्दै ज्यान गयो



ओखलढुंगा । सोलुखुम्बुकी एक महिलाको अस्पतालमा आइसियु कक्ष खोज्दा खोज्दै ज्यान भएको छ । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका ७ रावादोलु माइतीघर भई हल काठमाडौंमा अस्थाई बसोबास गर्दै आएकी सोलुखुम्बुकी महिलाको ज्यान गएको हो । रोजगारीका लागि काठमाडौं बस्दै आएकी ३२ वर्षीय गंगा गुरुङको आइतबार अस्पतालमा आइसियु कक्ष खोज्दा खोज्दै एम्बुलेन्स भित्रै ज्यान गएको हो ।

बिरामीका आफन्तका अनुसार टाइफाइडको समस्या देखिएर स्वास्थ्य अवस्था थप जटिल बनेपछि ती महिलालाई आईसियु कक्षमा भर्ना गर्नुपर्ने अवस्था थियो । तर तत्काल उपचार गराइरहेको जोरपाटीस्थित एक अस्पतालमा आइसियु कक्ष नपाएपछि आफन्तहरुले अन्य अस्पतालमा समेत आइसियु कक्षको खोजी गरेका थिए । तर उनीहरुले खोजी गरेका प्रायः अस्पतालमा आइसियू बेडको अभाव थियो । बल्ल चावहिलस्थित एक अस्पतालमा आइसियु कक्ष खाली रहेको थाहा पाए । सो अस्पतालमा लैजाँदै गर्दा बीच बाटोमै बिरामीको ज्यान गएको बिरामीका आफन्तको भनाई उदृत गर्दै खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष बेदबहादुर रोकाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !