१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

बाँकेमा वैशाख यता कोरोना संक्रमणबाट ९७ जनाको मृत्यु



नेपालगन्ज : बाँकेमा वैशाख यता कोरोना संक्रमणबाट ९७ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापनले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार १९ दिनमा ९७ जनाको मृत्यु भएको छ । जसमध्ये ४१ जना महिला र ५६ जना पुरुष छन् । यो अवधिमा २ हजार ४३२ महिला र २ हजार ९६१ जना पुरुष गरी कुल ५ हजार ३९३ जनामा संक्रमण पुष्टि भएको छ । यो तथ्यांक वैशाख १ देखि १९ गतेसम्मको हो । तथ्यांक अनुसार बाँकेमा औसतमा प्रतिदिन ५ जनाको मृत्यु हुने गरेको देखाएको छ । वैशाख १ गते यता १ हजार ६२४ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार ७२३ जना महिला र ९०१ जना पुरुष निको भएर डिस्चार्ज भएका हुन् । तथ्यांक अनुसार निको हुने दर ३०.११ प्रतिशत हो ।

 


प्रतिक्रिया दिनुहोस !