१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

कञ्चनपुरमा थप तीनजना कोरोना संक्रमितको मृत्यु



महेन्द्रनगर- कञ्चनपुरमा सोमबार एकैदिन तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरकी कोभिड सम्पर्क व्यक्ति महिन्द्रा भट्टले महाकाली अस्पतालमा उपचाररत थप तीन जना संक्रमितको मृत्यु भएको जानकारी दिइन् ।

उनकाअनुसार भीमदत्त नगरपालिका ६ का २४ वर्षीय पुरुष, भीमदत्त १८ की ६५ वर्षीया महिला र दोधारचाँदनी नगरपालिका-१० का ३४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

यसअघि कञ्चनपुरमा आइतबार राति दुई जना संक्रमितको मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस !