१९ बैशाख २०८१, बुधबार
 |   Wed May 1 2024
Logo

निषेधाज्ञा लागू भएसँगै ओरालो लाग्न थाल्यो कुखुराको मासुको मूल्य, कति पुग्यो ?



देशभरका धेरै जिल्लामा निषेधाज्ञा लागु भएसँगै बजारमा कुखुराको मासुको मूल्य ओरालो लाग्न थालेको छ। निषाेधाज्ञाका कारण माग कम नै घट्न थालेपछि कुखुराको मासुको मूल्य पनि निरन्तर ओरालो लाग्दै गएको हो।

वैशाख १६ बाट निषेधाज्ञा लागु हुनअघि प्रतिकेजी खुद्रा मूल्य ४ सय ६५ रुपैयाँसम्म पुगेको ब्रोइलर कुखुराको मासु अहिले ३ सय ७० रुपैयाँमा आइपुगेको छ। त्यतिबेला कुखुराको थोक मूल्य नै ४ सय ५ रुपैयाँसम्म पुगेको थियो।

सामान्यतया खुद्रा व्यापारीले किलोमा २० देखि ५० रुपैयाँसम्म नाफा राख्ने गरेका छन्।  कारोना भाइ्रसको कारण नेपालमा अब कुखुलाको मूल्यमा भारी गिरावट आउने व्यवसायीहरु नै बताउछन् ।


प्रतिक्रिया दिनुहोस !