७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

महामारीकै बीचमा शर्मा एण्ड कम्पनीले निर्माण गर्यो वीर अस्पतालको ८ तले अत्याधुनिक भवन, के के छन सुविधा ?



कोरोना भाइरस(कोभिड–१९)को महामारीकै बीचमा शर्मा एण्ड कम्पनीले वीर अस्पतालको ८ तले अत्याधुनिक भवन निर्माण सम्पन्न गरेको छ ।

धेरै कम्पनीहरूले कोभिडका कारण काम गर्न नसकेर म्याद थपको लागि समय मागिरहेको बेला शर्मा एण्ड कम्पनीले भने निर्धारित समयमै भवन निर्माण गरी हस्तान्तरण गरेको हो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) ले वीर अस्पतालका भौतिक पूर्वाधार विस्तार गरी १७ रोपनी जग्गामा अत्याधुनिक भवन निर्माण गरेको हो । कम्पनीले ५०० बेडको अन्तर्राष्ट्रिय मापदण्डको भवन निर्माण गरेको हो ।

२ अर्ब ५० करोड रुपैयाँको लागतमा निर्माण भएको सो भवन २०७४ सालको फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । १२८ वर्ष पुरानो वीर अस्पतालमा ४० वर्षअघि बनेका भवन छन् । लाखाैं सर्वसाधारण जनताको उपचार हुने अस्पतालको भवन निर्धारित समयमै सम्पन्न गरी हस्तान्तरण गर्न पाउँदा खुसी लागेको प्रवन्ध निर्देशक रमेश शर्माको भनाइ छ ।

भवन निर्माणमा आफ्नो कम्पनीको समेत प्रतिष्ठा जोडिएकाले कोरोना महामारीको बीचमा पनि उच्च सावधानी अपनाएर काम गरिएको उनले बताए । यस किसिमको भवन शर्मा एण्ड कम्पनीको दोस्रो हो ।

No description available.

८ तलाको भवनभित्र पछिल्लो समय विकसित भएका अत्याधुनिक उपकरण जडान गरी १५ वटा चिकित्सा विज्ञानका शल्यक्रिया कक्ष (अपरेसन थिएटर) रहेको छ । भवनभित्र पोष्ट अपरेटिभ, ४० शय्याको सर्जिकल, अति सघन कक्ष र पुस्तकालय छ ।  यसैगरी ज्येष्ठ नागरिक तथा अपांग तथा बिरामी कुरुवामैत्री भवन बन्ने न्याम्सले जनाएको छ ।

नयाँ स्वरूपमा बिरामी, चिकित्सक र न्याम्स पदाधिकारी उक्लिने छुट्टाछुट्टै लिफ्ट छ । सामान ओसार्ने छुट्टै लिफ्ट र सर्वसाधारण चढ्ने पनि छुट्टै रहेको छ ।  पार्किङ, फोहोर व्यवस्थापन, लोन्ड्री र विद्युतीय व्यवस्थापन सबै जमिनमुनिको तलामा रहेको छ ।

सो भवनमा न्याम्सका विद्यार्थीले पनि पठनपाठनको सहज वातावरण पाउनेछन् । हरेक तलामा आवासीय चिकित्सकका लागि छुट्टै कोठाको समेत व्यवस्था गरिएको छ ।

मुटु, मिर्गौला, कलेजो, हाडजोर्नीसहित ठूला शल्यक्रियादेखि सामान्य शल्यक्रिया सेवा सजिलो बनाउन निर्मित यो भवनमा जमिनमुनि मात्रै दुई तला छ । अब, अस्पतालमा जानेहरूको सवारी पार्किङ अन्डर ग्राउण्ड हुनेछ ।


प्रतिक्रिया दिनुहोस !