८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

होम डेलिभरी सेवालाई सहज बनाइदिन सरकारसँग ई-कमर्श संघ नेपालको माग



ई-कमर्श कम्पनीका प्रतिनिधिहरुले होम डेलिभरी सेवालाई सहज बनाइदिन सरकारसँग माग गरेका छन् । उक्त संस्थाले कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितीलाई होम डेलिभरी सहज बनाइदिन अनुरोध गरेको हो ।

महामारीको समयमा भौतिक दुरी कायम गरी डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्दै गरिने सुरक्षित होम डेलिभरी गर्न प्रशासनमार्फत् आवश्यक समन्वय हुनुपर्ने अहिलेको आवश्यकता भएको भन्दै कम्पनीहरुले उपलब्ध गराउँदै आएको होम डेलिभरीको सेवालाई सहज बनाइदिन माग गरेका हुन् ।

गत बर्षको विषम परिस्थितिमा पनि ई-कमर्स कम्पनीहरुले आम उपभोक्तालाई सुरक्षीत ढंगले सुबिधा पुर्याउँदा पुर्याउँदै प्रशासनबाट अबरोध र धरपकडको सामना गर्नु परेको समेत संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘हाल स्कुलदेखि विश्वविद्यालय बन्द भइ विद्यार्थीहरु घरमै स्वअध्ययन गर्न बाध्य हुनुपरेको समयमा किताब एवम् स्टेसनरी सामानलाई पनि अत्यावश्यक बस्तुमा सूचीकरण गरी निर्वाध डेलिभरीको वातावरण बनाउनु पर्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

कन्ट्याक्ट् ट्रेसिङ गर्न सजिलो हुने, स्पष्ट मूल्य हुँदा कालोबजारी नहुने, ५ मिनेटभन्दा कम समयमा भौतिक दुरी कायम गरी डेलिभरी गरिने कारण ई कमर्स सुरक्षीत छ भन्ने कुरा बुझ्नु आवश्यक रहेको संघको भनाइ छ ।

संघले गरेको ८ बुँदे प्रतिबद्धता

१) ई-व्यापार संघसँग सम्बन्धित कम्पनीहरुले कडा सुरक्षा उपायहरू अवलम्बन गरेका छन् साथै स्वास्थ्य सेवा विभागको सहयोगमा अधिकांश दुवानी कर्मचारीलगाई खोप वितरण गरिसकेका छन् ।

२) ई-व्यापार संघका सदस्यहरू र सम्बद्ध डेलिभरी पार्टनरहरू र प्लेटफर्म बिक्रेताहरूलाई परिचयपत्र र एसोसिएशनद्वारा जारी गरिएको पत्रको साथ पहिचान गर्न सकिनेछ ।

३) सामान र सेवाहरूको अनलाइन मूल्य स्पष्ट रूपमा देख्न सकिन्छ र ग्राहकहरुमा सजीलो पहुँचयोग्य छ जसले सरकारलाई मूल्य वृद्धि वा कृत्रिम अभाव नियन्त्रण गर्न मद्दत गर्दछ ।

४) सामान र सेवाहरू वितरण गर्दा कम्तिमा पनि ग्राहक र वितरणकर्मीहरू बीच दुई मिटर दूरी सुनिश्चित गरिनेछ ।

५) नाम, फोन नम्बर र स्थान सहित ग्राहकको डाटा भण्डारण गरिनेछ । यसले संक्रमित ग्राहक/राइडरको सम्पर्क ट्रेसिङ सहज बनाउँछ ।

६) वितरण भ्यानमा व्यक्तिहरूको संख्या दुई (२) भन्दा बढि हुने छैन र मोटरबाइक/स्कूटरका लागि सामानहरू/सेवाहरू वितरण गर्दा एक (१) भन्दा बढी हुने छैन ।

७) थपरूपमा, कम्पनीहरूले कोभिड १९ को सम्बन्धमा सरकारद्वारा जारी सबै अनिवार्य सुरक्षा प्रोटोकलहरू को पालना गरि रहेका छन् ।

८) डेलिभरी कर्मचारी र ग्राहक बीचको सम्पर्क कम गर्न एसोसिएशनको सदस्य कम्पनीहरूले क्यासलेस लेनदेनलाई प्रोत्साहित गर्दै डिजिटल भुक्तानीलाई जोड दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !