१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

साउनदेखि लागू हुने गरी श्रमिकको तलब बढ्यो, मासिक न्यूनतम १५ हजार र दैनिक ५७७ रुपैयाँ



आगामी साउन १ गतेबाट लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गरिएको छ ।

सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ को दफा १०६ ले दिएको अधिकार प्रयोग गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने निर्णय गरेको उल्लेख गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व श्रमिक दिवसको अवसरमा मे १ तारिखमा सम्बोधन गर्दै श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने घोषणा गरेका थिए ।

निर्धारित नयाँ पारिश्रमिक दरअनुसार अब श्रमिकले ९ हजार ३८५ रुपैयाँ आधारभूत र ५ हजार ५१५ रुपैयाँ महंगीभत्ता गरी कूल १५ हजार रुपैयाँ मासिक न्यूनतम पारिश्रमिक पाउनेछन् ।

त्यस्तै दैनिक ज्यालादारीको हकमा ३६१ रुपैयाँ आधारभूत र २१६ रुपैयाँ महंगीभत्ता गरी ५७७ रुपैयाँ पारिश्रमिक तोकिएको छ ।

प्रतिघण्टा काम गरेको श्रमिकले ७७ रुपैयाँ पाउनेछन् ।

साउन १ गतेदेखि लागू हुने गरी निर्धारण भएको पारिश्रमिक चिया बगान बाहेकका श्रमिकका लागि लागू हुने राजपत्रमा उल्लेख छ ।

श्रमिकहरुले यसरी पाउने पारिश्रमिकका अतिरिक्त योगदानमा आधारित सामाजिक सुरक्षा भत्ता, संचय कोष र उपदानलगायतका सुविधा छुट्टै पाउनेछन् ।यसरी सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम तलब दिने गरी कुनै पनि रोजगारदाताले श्रमिकलाई काममा लगाउन पाउने छैनन् ।

No description available.

No description available.


प्रतिक्रिया दिनुहोस !