७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

विपक्षीहरुले मुख्यमन्त्री शंकर पोखरेल सहभागी हुने सबै कार्यक्रम बहिष्कार गर्ने



बुटवल : लुम्बिनी प्रदेशका चार राजनीतिक दलले मुख्यमन्त्री शंकर पोखरेल सहभागी हुने कार्यक्रम बहिष्कार गर्न अपिल गरेका छन् । आज बुटवलमा पत्रकार सम्मेलन गर्दै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाको गठबन्धले मुख्यमन्त्री पोखरेल सहभागी कार्यक्रम बहिष्कार गर्न अपिल गरेका हुन् । अहिलेको सरकार अवैधानिक भएको भन्दै विपक्षी गठबन्धनले प्रदेशभर मुख्यमन्त्री सहभागी हुने कार्यक्रम बहिष्कार गर्न आम जनसमुदायमा अपिल गरेको हो ।

सोमबार दिउँसो बसेको चार दलको संयुक्त बैठकपछि पत्रकार सम्मेलन गर्दै सो गठबन्धनले मुख्यमन्त्री अल्पमत परेको दावी समेत गरेको छ । पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता कुल प्रसाद केसीले एमाले नेता शंकर पोखरेल किर्ते हस्ताक्षर प्रयोग गरि मुख्यमन्त्री बनेको र सरकार धेरै दिन टिक्न नसक्ने दावी गरे । नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता वीरेन्द्र कानोडियाले प्रदेश प्रमुखले संविधान विपरित काम गरेकाले तत्काल बर्खास्त गरिनुपर्ने माग दोहोर्याए । अल्पमतमा रहेका मुख्यमन्त्री पोखरेलले अराजनीतिक तरिकाले सपथ लिएर नियम कानुन मिचेको आरोप समेत उनले लगाए ।

 


प्रतिक्रिया दिनुहोस !