१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

खर्बपति बिल गेट्स र उनकी पत्नी मेलिन्डाले २७ बर्षपछि डिभोर्स गर्दै



काठमाडौं : संसारकै धनाढ्यमध्येका एक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले डिभोर्स गर्ने भएका छन् । संसारको सबैभन्दा ठूलो परोपकारी कोष समेत स्थापना गरेका यी जोडीले विवाहको २७ वर्षपछि अलग हुने निर्णय गरेका हुन् । डिभोर्स गर्नुको खास कारण चाहिँ खुलाइएको छैन । तर पनि संयुक्त रुपमा खडा गरेका आफ्नो संस्थाका लागि भने मिलेर नै काम गर्ने जनाएका छन् । चर्चित सफ्टवेयर निर्माता कम्पनी माइक्रोसफ्टका भूतपूर्व सह—संस्थापक तथा पूर्वअध्यक्ष समेत रहेका बिल गेट्स कुनै वेला विश्वकै धनाढ्य थिए । अथाह सम्पत्तिका मालिक उनी दानी व्यक्तिका रुपमा समेत चिनिँदै आएका छन् ।

सन् १९८० को दशकमा यी जोडीको पहिलो भेट भएको थियो, जुन बेला मेलिन्डा बिलको फर्ममा आबद्ध भएकी थिइन् । त्यसपछि उनीहरु विवाह बन्धनमा बाँधिने निर्णयमा पुगे । हाल उनीहरूका तीन सन्तान रहेका छन् । यस दम्पतीले बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशन सञ्चालन गर्दै आएका छन् । उक्त संस्थाले सङ्क्रामक रोगको नियन्त्रण र बालबालिकाको खोपलाई प्रोत्साहन गर्ने जस्ता परोपकारी कामका लागि अर्बौं डलर खर्च गरेको छ ।


प्रतिक्रिया दिनुहोस !