१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

गस्तीमा गएका १ प्रहरीको चट्याङ लागेर मृत्यु



झापा । झापामा गस्तीमा गएका एक प्रहरीको चट्याङ लागेर मृत्यु भएको छ । भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ लगेर मृत्यु भएको हो । सोमबार राति १०ः५५ बजेतिर गस्तीमा रहेको अवस्थामा उनलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले बताए । गम्भीर घाइते भएका उनलाई तत्कालै भद्रपुरको ओमसाइ पाथिभरा अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत्यु भइसकेको जानकारी गराएको थापाले बताए । मृतक प्रहरी सहायक निरीक्षक ठाकुर ४७ वर्षका थिए।


प्रतिक्रिया दिनुहोस !