८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

पोखरामा थप २ कोरोना संक्रमितको मृत्यु



काठमाडौं । कास्की र पर्वतमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार मणिपाल शिक्षण अस्पतालमा पोखरा महानगरपालिका–२९ का ४५ वर्षीय पुरुष र पर्वतको कुश्मा नगरपालिका–४ का ८४ वर्षीय पुरुषको पर्वत जिल्ला अस्पतालमा मंगलबार मृत्यु भएको हो । ४५ वर्षीय पुरुषमा वैशाख १८ गते संक्रमण पुष्टि भएको थियो भने पर्वतका ८४ वर्षीय पुरुषमा वैशाख १९ गते संक्रमण पुष्टि भएको थियो । अध्यावधिक विवरण अनुसार कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या २३५ पुगेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !