४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

माओवादी केन्द्र धनुषाले चारजना जनप्रतिनिधिलाई सोध्यो स्पष्टीकरण



जनकपुरधाम । नेकपा माओवादी केन्द्र धनुषाले जिल्लाका चारजना जनप्रतिनिधिसँग स्पष्टीकरण मागेको छ । पार्टीले विदेह नगरपालिकाका नगर प्रमुख बेचन दास, उप प्रमुख निलमदेवी मण्डल, शहीदनगर नगरपालिकाका उप प्रमुख शिलादेवी कापर र सबैलाई नगरपालिकाका उपप्रमुख निलुदेवी कापरसँग स्पष्टीकरण सोधेको हो ।

सोमबार माओवादी केन्द्रले सर्वोच्च अदालतको निर्णय अनुसार पार्टी पुरानै अवस्थामा फर्केपनि पार्टीको कार्यक्रमहरुमा तपाईंको सहभागिता के कति कारण भइरहेको छैन ? तपाईंले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) त्याग गरेको हो वा होइन ? तथा तपाईंको आफ्नो स्थानीय तहमा पार्टीको पक्षमा क्रियाशीलता के कति कारणले छैन ? भन्दै पार्टीका जिल्ला इन्चार्ज योगकुमार बरबरिया यादव र सचिव दीपक यादवले स्पष्टीकरण सोधेका हुन् । तीनदिन दिनभित्र जवाफ माग गरिएको छ । उनीहरुले तीन दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण नदिए कारबाही प्रक्रिया अगाडि बढाइने इन्चार्ज बरबरियाले बताए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय