१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

भारतबाट दैनिक औसतमा ४५०० नेपाली स्वदेश फर्किँदै



काठमाडौं । कोरोनाको दोस्रो लहरको चलेपछि भारतबाट दैनिक चार हजार ५०० नेपाली स्वदेश फर्किने गरेका छन् । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले पछिल्लो समय औसतमा दैनिक ४५ सय नेपाली भारतबाट फर्किइरहेको बताए । नेपाल फर्किनेहरुमा सबैभन्दा बढी सुदुरपश्चिमका रहेको उनले जानकारी दिए । मंगलबार संसदको महिला तथा सामाजिक समितिसंगको भर्चुअल बैठकमा भाग लिँदै भारतका लागि नेपाली राजदूत आचार्यले भने, ‘तथ्याङ्गत रुपमा हेर्दा अहिले हरेक दिन ४५ सय नेपालीहरु घर फर्किरहेको देख्छौं ।

सबैभन्दा बढी चाप सुदूरपश्चिमतिर छ । आफूले नेपालीहरुलाई सकभर घर नजान आग्रह गरेको राजदूत आचार्यले बताए । आचार्यले भारतमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट २३ जना नेपालीको मृत्यु भएको आधिकारिक तथ्याङ्क रहेको जानकारी दिए । भारतमा संक्रमित भएका नेपालीहरुलाई दूतावासका तर्फबाट अस्पतालमा सम्पर्क गरेर उपचारमा सहजीकरण गर्ने काम भइरहेको पनि राजदूत आचार्यले बताए ।

बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले भारतमा रहेका नेपालीले आधारकार्ड नभएको अवस्थामा सेवा सुविधा नपाएको गुनासो आइरहेको बताइन् । आधार कार्डको विकल्पबारे दूतावासले सोच्नुपर्ने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय