१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

ओलीको विश्वास मत जुटाउन महन्थ ठाकुरको हस्ताक्षर



काठमाडौं : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वास मतमा समर्थन जुटाउन सुरु गरेको हस्ताक्षर संकलन मंगलबार पनि जारी राखेका छन् । आफ्ना पक्षका प्रतिनिधिसभा सदस्यहरुलाई काठमाडौँ आउन निर्देशन दिएका अध्यक्ष ठाकुरले काठमाडौँ आइपुगेका केहीले हस्ताक्षर गरिसकेका छन् भने केहीले आज गर्दैछन् । जसपाका अर्का कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले आफूले हस्ताक्षर गरेको बताए । ठाकुर पक्षधर कार्यकारिणी सदस्य २६ जना र सांसद १६ जना छन् ।

ठाकुर आफ्ना पक्षका सबैको हस्ताक्षर संकलन गगराउनुका साथै पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षका सांसद तथा कार्यकारिणी सदस्यहरुलाई पनि तान्ने दाउमा छन् । जसपाका केन्द्रीय सदस्य एवं संघीय परिषदका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले काँग्रेस र एमालेको विकल्प दिने भनेर गठन भएको जसपा करिब–करिब फुटको संघारमा पुगेको बताए ।

हिजो बेलुकादेखि देशी–विदेशी शक्तिहरू पैसाको झोलासहितको गाडीमा केही सांसद र कार्यकारिणी समिति सदस्यको घरदैलो गर्दैछन् । त्यो पैसाको झोला फिर्ता गर्ने सांसद÷कार्यकारी समिति सदस्यलाई अनेकन डर र त्रास देखाइएको छ विश्वदीप पाण्डेले भने ।

 

 


प्रतिक्रिया दिनुहोस !