८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३ जना घाईते



बैतडी : बैतडीको पञ्चेश्वरमा बोलेरो जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । घटनास्थलबाट स्थानीय पत्रकार नरेश तिवारीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालीका वडा नम्बर ६ रोडिदेवलका जितसिंह भण्डारी, डम्बरसिंह भण्डारी, दिपकसिंह भण्डारी, हिक्मतसिह भण्डारी र जीप चालक रहेको बताइएको छ । जीप चालकको परिचय खुल्न बाकी रहेको छ । दुर्घटनामा परेका थप तीन जना घाइते भएका छन् ।

हिजो चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालीका वडा नम्बर ६ का वडा सदस्य गोबिन्द सिह भण्डारीको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडी ल्याउने क्रममा से १ ज १२३ नम्बरको जिप गणमेश्वर मन्दिर नजिकै दुर्घटनामा परेको हो । जीप सडकबाट करिब ५ सय मिटर तल खसेको बताइएको छ। अहिले रोडिदेवल प्रहरी चौकिको टोली घटनास्थल पुगेको र थप विबरण आउन बाँकि रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !