१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

प्रधानमन्त्रीलाई विश्वासको मतबाट असफल बनाउने कांग्रेसको निर्णय, अध्यादेशको विरोध



मुख विपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभामा विश्वासको मत लिन जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम षड्यन्त्रपूर्ण रहेको भन्दै त्यसलाई असफल पार्ने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवा निवासमा मंगलवार बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत लिनबाट रोक्न र ओलीको योजना असफल पार्न सबै दलसँग पहल गर्ने निर्णय गरेको छ ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै सहमहामन्त्री प्रकाशशरण महतले संवैधानिक परिषद् लगायतका सातवटा अध्यादेश ल्याउने सरकारको कामको समेत भर्त्सना गरेको बताए ।

महतले  राष्ट्रपतिले संविधान र  लोकतन्त्रको खिलाफमा हुने गरेर अध्यादेश जारी गरेको भन्दै आपत्ति जनाए । बैठकले सो अध्यादेश जारी गर्ने निर्णयको भत्सर्ना गरेको  महतले बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नै सात वटा अध्यादेश जारी गरेकी थिइन् ।
 जारी भएका अध्यादेशहरूमा  विवादमा तानिएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पनि समावेश रहेको हो । चौँथो नम्बरमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ समावेश गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !