१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

एउटै गाउँका ज्वरो र रुघाखोकी लागेका ४ जनाको मृत्यु



जनकपुरधाम । सर्लाहीको एउटै गाउँ ज्वरो र रुघाखोकी लागेका चार जनाको मृत्यु भएको छ । भारतीय सीमासँगै जोडिएको बलरा नगरपालिका–६ मिर्जापुरका चारजनाको ज्वरो र रुघाखोकीकै कारण मृत्यु भएको नगर प्रमुख अभयकुमार सिंहले जानकारी दिए । प्रमुख सिंहका अनुसार उक्त वडाका ८०, ८५, ४६ र ४५ बर्षका व्यक्तिको शनिबार र आइतबार मृत्यु भएको छ ।

तीन जनाको गाउँमै र एक जनाको उपचारका क्रममा वीरगञ्जमा मृत्यु भएको उनले बताए । मृत्यु भएका चारै जनाको अन्तिम संस्कार गरिसकिएको छ । कोरोनाजस्तै मिल्दो लक्षण देखिएपछि मृत्यु भएका उनीहरुको अन्तिम संस्कार गरिसकिएका कारण स्वाब संकलन गर्न नसकिएको जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख श्रवण नायकले बताए ।

 


प्रतिक्रिया दिनुहोस !