१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

खेलाडीलाई कोरोना संक्रमण भएपछि आईपीएल स्थगित



 केही खेलाडीलाई समेत कोरोना संक्रमण भएपछि इन्डियन प्रिमियर लिग(आईपीएल) अनिश्चित कालका लागि स्थगित गरिएको छ ।

इन्डियन प्रिमियर लिग गभर्निङ काउन्सिल र भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को आकस्मिक बैठकले आईपीएल २०२१ स्थगित गर्ने निर्णय गरेको हो । खेलार्डी र कर्मचारीको स्वास्थ्य सुरक्षामा कुनै सम्झौता नगरिने उल्लेख गर्दै जारी आईपीएल स्थगित गरिएको बीसीसीआईले जनाएको छ ।

मंगलबार दिल्ली क्यापिटल्सका बलर अमित मिश्रा र सनराइजर्स हैदराबादका विकेटकिपर ब्याट्सम्यान ऋद्धिमन साहलाई पनि कोरोना संक्रमण पुष्टि भएपछि तत्कालका लागि आईपीएल स्थगित गरिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्डका उपाध्यक्ष राजीव शुक्लाले जानकारी दिएका छन् ।

मंगलबार साँझ सनराइजर्स र मुम्बई इन्डियन्सबीचको खेल तय भएको थियो । सोमबार साँझ चेन्नई सुपर किंग्सका प्रमुख कार्यकारी अधिकृत काशी विश्वनाथन, बलिङकोच लक्ष्मीपति बालाजी र एक जना सफाइ कर्मचारीलाई कोरोना पुष्टि भएको थियो । त्यस्तै सोमबार नै कोलकाता नाइटराइडर्सका वरुण चक्रवर्ती र सन्दीप वारियरलाई पनि  कोरोना देखिएको थियो ।

जारी सिजनमा दिल्ली क्यापिटल्स र पन्जाब किंग्सले ८/८ खेल खेलेका छन् भने बाँकी टिमले ७/७ खेल खेलेका छन् । त्यस्तै दिल्ली १२ अंकसहित शीर्ष स्थानमा रहेको छ भने चेन्नई र रोयल च्यालेन्जर्स बेंग्लोर १०/१० अंकसहित दोस्रो र तेस्रो स्थानमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस !