spot_img
Sunday, May 9, 2021
spot_img
spot_img

ट्रेन्डिङ :

अस्पतालका बेड सोर्स र पहुँच भएकाहरुको कब्जामा, गम्भीर बिरामीको बेड नपाएर मृत्युवरण

spot_img
spot_img
spot_img
spot_img

काठमाडौं : आउँदा दिनमा कोभिडले हुने मृत्युको संख्या अझ बढ्ने संकेत देखिएको औंल्याउँदै स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘ठूलाबडा र पहुँच भएकाहरू पहिल्यै आत्तिएर आईसीयूमा बस्ने अवस्था देखिएको छ । आवश्यकता भएकालाई अस्पतालमा भर्ना गर्नै समस्या भएको छ ।’ ती अधिकारीका अनुसार अब विस्तारै बेड नपाएर, आत्तिएर र डराएर अझ बढी मृत्यु हुने जोखिमसमेत बढेको छ । अस्पतालमा चिकित्सकीय निर्णयका आधारमा भन्दा पनि सोर्स र पहुँचका आधारमा भर्ना हुने अवस्थाले गर्दा वास्तविक जटिल उपचारको खाँचो रहेकाहरूले उचित उपचार, बेड नपाएर मृत्युवरण गरिरहेको दाबीसमेत स्वास्थ्य मन्त्रालयका अर्का एक उच्च अधिकारीले गर्नुभएको छ ।

हाल पहिलाको दाँजोमा सबै उमेर समूहकाको कोभिडले मृत्यु भइरहेको जनाउँदै सेती अञ्चल अस्पतालका डा. शेरबहादुर कमर भन्नुहुन्छ, ‘यस पटक हाम्रो क्षेत्रमा मृत्यु हुनेमा ३० देखि ५० वर्ष उमेर समूहका बढी देखिएका छन् ।’ यस पटक कोभिडले उत्पन्न निमोनियाका बिरामी बढी भर्ना भइरहेको समेत उहाँले बताउनुभयो । त्रिवि शिक्षण अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासका अनुसार अत्यन्त गम्भीर अवस्थाका बिरामी अस्पताल आएका छन् । कान्तिपुर दैनिकमा प्रकाशित समाचार अनुसार अस्पताल आउने सबैलाई अक्सिजन आवश्यक देखिएको छ भने अधिकांश बिरामी निमोनिया लिएर अस्पताल पुग्ने गरेका छन् ।

spot_img
spot_img
spot_img

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भएको हो कि?

spot_img
%d bloggers like this: